वीरगन्ज । वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका बाराका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डक कोभिड अस्पतालका अनुसार कोरोनाको लक्षणसहित कोभिड अस्पताल पुगेका उनीहरुलाई आइसियू कक्षको अभावमा आकस्मिक कक्ष र भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो।
मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यु पश्चातमात्रै कोरोना पुष्टि भएको हो । वीरगन्जमा पछिल्लो पटकको परीक्षणका क्रममा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, १४ : ४६
लेखकबाट थप