एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ । प्रि–सिजन प्रशिक्षणका क्रममा रहेका मध्ये एक खेलाडीमा संक्रमण देखिएको र उनी हाल घरमै क्वारेन्टिनमा रहेको बताईएको छ ।
क्रमित खेलाडीको सम्पर्क च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि लिस्बोन गएका खेलाडीहरुसँग नरहेको बार्सिलोनाले स्पष्ट पारेको छ । तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।
यस्तै बुधबार अर्को ला लिगा क्लब एथ्लेटिको बिल्बाओले प्रि–सिजन प्रशिक्षणमा फर्किएका मध्ये ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।
यस्तै भ्यालेन्सियाका दुईजनामा यो हप्ता कोरोना भाइरसको संक्रमण देखियो । च्याम्पियन्स लिगको क्वाटरफाइनल पूर्व भएको परीक्षणमा एथ्लेटिको मड्रिडका दुईजनामा पनि संक्रमण पुष्टि भएको छ । तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ साउन २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्यालेन्सियालाई ५ गोलले हराउँदै बार्सिलोना सेमिफाइनलमा
बेटिसविरुद्ध ५ गोल गर्दै बार्सिलोना क्वार्टरफाइनलमा
बार्सिलोनालाई १५ औँ पटक स्पेनिस सुपर कपको उपाधि
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा
बार्सिलोनाको दोस्रो चरण प्रवेशको सम्भावना बलियो
रेड स्टारमाथि बार्सिलोनाको शानदार जित