काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा ज्यान गुमाएका ९५ जना नेपालीलाई उनीहरु कार्यरत कम्पनीका तर्फबाट रु चार करोड ६४ लाख बराबरको राहत उपलब्ध गराएको छ ।
नेपाली दूतावास रियाद सायदी अरबका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा उक्त देशका विभिन्न स्थानमा कार्यरत रहेका अवस्थामा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकको हकवालाले प्राप्त गर्न सक्ने गरी मृतकको सम्बन्धित कम्पनीले उनीहरुले बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लड मनी उपलब्ध गराएको छ ।
दूतावासका अनुसार साउदी रियाल १४ लाख ५४ हजार ६८७ नेपालस्थित कन्सुलर सेवा विभागमा बैंक ट्रान्सफर्मर गरिएको छ । दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई साउदी अरबमा ज्यान गुमाएका नेपाली नागरिकको हकवालाका तर्फबाट त्यहाँका विभिन्न अदालतमा गई दूतावासले बहस पैरवी गर्दै आएको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीको कारणले सिर्जना भएको असामान्य परिस्थितिका कारण त्यहाँको अदालतका कामकारवाहीसमेत पूर्ववत् सञ्चालन हुन नसकेको र अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाको नियमित पैरवी गरिने दूतावासले जनाएको छ । दूतावासले औरही–३ सिरहका प्रदीपकुमार यादव र खोपीचौरु–८ रुकुमका ढाटे बुढाको परिवारलाई भने क्रमशः एक लाख ५० हजार ब्लड मनी उपलब्ध गराइएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ साउन २०७७, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
बाढीपीडितलाई माओवादी निकट कर्मचारी महासङ्घको सात लाख ७७ हजार सहयोग
तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग
बाढीपहिरो पीडितको राहतका लागि कर्णाली सरकारले ५० लाख सहयोग गर्ने
भारतमा मृत्यु भएका मजदुरको परिवारलाई माडी नगरपालिकाद्वारा आर्थिक सहयोग