राजविराज । सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घर नजिकै डुलिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याइएको थियो । थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित नर्घोमा आज बिहान सर्पको टोकाइबाट एक युवती सिकिस्त भएकी छिन् । स्थानीय विन्देश्वर शर्माको २३ वर्षीय छोरी राधा शर्मालाई विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ ।
गाईगोठमा काम गरिरहेका अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २४ साउन २०७७, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते
बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार