गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १० : २०
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवनमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ।

हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो। 

आलेलाई मंगलबार राति शौचालय जाने क्रममा गोमन सर्पले डसेको थियो। सर्पले डसेपछि उनलाई तत्कालै लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

राति नै सर्पले डसेको भए पनि मंगलबार बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस