सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सफल खबर संवाददाता

बुधबार, ३० साउन २०८१, १० : २३
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङ । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ । 

गए राति सर्पले डस्दा छ वर्षीय इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए । 

साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीय आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस