एजेन्सी । संयुक्त राष्ट्रसंघको निकायले लेबनानको राजधानी बेरुतमा मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
बिस्फोट पूर्व नै लेबनान गम्भीर आर्थिक संकटसँग जुधिरहेको थियो, त्यसमाथि शक्तिशाली बिस्फोटले थप संकट पदा गरेको छ। मंगलबार राति बेरुतको तटीय क्षेत्र नजिक रहेको गोदाममा राखिएको बिस्फोटक पदार्थ बिस्फोट हुँदा कम्तीमा १५४ जनाको ज्यान गएको छ। यस्तै पाँच हजार मानिस घाइते भएका छन् भने तीन लाख मानिस घरबार बिहीन बनेका छन्।
विश्व खाद्य कार्यक्रमले बेरुतमा भएको बिस्फोटले खाद्य आपूर्तिमा असर गरेको र मूल्य बढेको बताएको छ । विश्व स्वास्थ्य संगठनले बिस्फोटपछि त्यहाँको स्वास्थ्य प्रणाली गम्भीर रुपमा बिग्रिएको उल्लेख गरेको छ। तीनवटा अस्पतालको सेवा रोकिएको छ ।
मंगलबारको बिस्फोट अघि नै ७५ प्रतिशत लेबनानीलाई सहयोगको खाँचो थियो, ३३ प्रतिशतले रोजगार गुमाएका थिए र १० लाख भन्दा बढी मानिस गरिबीको रेखामुनि थिए। बिस्फोटपछि अवस्था थप गम्भीर बनेकाले अन्तर्राष्ट्रिय सहयोग तत्काल र पर्याप्त नभएमा त्यहाँ मानवीय संकटको अवस्था आउने संयुक्त राष्ट्रसंघका निकायले बताएका हुन्।
यसैबीच लेबनानका राष्ट्रपति मिशेल एउनले बिस्फोटको घटनाबारे अन्तर्राष्ट्रिय अनुसन्धानको माग खारेज गरेका छन्। स्थानीय अधिकारीले नै बिस्फोटको कारण बाहिरबाट गरिएको बम वा अरु कुनै आक्रमण रहे–नरहेको बारे अनुसन्धान गर्ने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ साउन २०७७, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ निर्वाचित
इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु
लेबनान छोड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह
इजरायल र लेबनानको सीमामा अमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव
तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित
लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका सय रकेट लन्चरहरू नष्ट भएको दाबी