धरान । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर धरानमा एकजनाको ज्यान गएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङ बिहीबार बिहान आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए ।
उनलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०७७, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोबाइल प्रयोगले बच्चाको शारीरिक विकासमा पर्न सक्छ गम्भीर असर