जनकपुरधामको इँटा र माटो लिएर नेपाली टोली भारतको राम मन्दिर निर्माण स्थल अयोध्या प्रस्थान

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १० : १८
जनकपुरधामको इँटा र माटो लिएर नेपाली टोली भारतको राम मन्दिर निर्माण स्थल अयोध्या प्रस्थान

जनकपुरधाम । जनकपुरधाममा रहेको प्रसिद्ध जानकी मन्दिरबाट चाँदीका इँटा बोकेर नेपाली टोली भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या प्रस्थान गरेको छ ।  अयोध्यामा भगवान रामको मन्दिर आज (बुधबार) शिलान्यास गर्ने रहेको छ ।

उक्त कार्यक्रमम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  मन्दिरको भूमि पुजन गर्ने कार्यक्रम तय गरिएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई अयोध्याबाट निम्तो आएपनि उनी जनकपुरधामबाट चाँदीको इँटा र जनकपुरको माटोसहित अयोध्या तर्फ प्रस्थान गरेका हुन् । 

अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको मन्दिर शिलान्यासका लागि रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताए । एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको उनले जानकारी दिए ।

जनकपुरबाट समेत माटो पठाउन अयोध्याबाट पत्र आएपछि जानकी मन्दिरका महन्थ दास माटो र ईटा लिएर अयोध्याको लागि प्रस्थान गरेका हुन् । दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको छ । अयोध्यामा मन्दिर बनाउन थालिएको स्थल मुस्लिम समुदायले सो जग्गा बाबरी मस्जिदको हुनुपर्ने दाबी गर्दै आएकोमा गत वर्ष कात्तिकमा भारतको सर्वोच्च अदालतले जग्गा राम मन्दिरको भएको फैसला गरेको थियो । त्यसपछि यहां मन्दिर निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया दिनुहोस