काठमाडौं । सुन प्रकरणमा प्रहरीले नवलपरासी पूर्वबाट तीन जनालाई पक्राउ गरेका छ ।
काठमाडौँ कमलादीस्थित नविल बैंकको मोडमा प्रहरीको चेकजाँच देखेपछि ‘सुन भएको झोला’ फालेर भाग्ने तीन जना अन्ततः प्रहरीको पञ्जामा परेका छन् । महानगरीय अपराध महाशाखाले जिप्रका नवलपरासी पूर्वको समन्वयमा तीन आरोपीलाई दुम्कीबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया रहेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रन्जन दाहाल नेतृत्वको टोलीले चेकजाँच गर्न खोज्दा बा ६च ५५१९ नम्बरको सिल्भर कलरको स्कोर्पियो भागेको प्रहरीको दावी छ । स्कोर्पियोमा चालक बाहेक तीनजना सवार थिए ।
स्कोर्पियोबाट उनीहरुले फालेको झोला खोल्दा आधा किलो सुन, सुनको जलप भएको साढे १४ किलो चाँदी र दुईथान चाईनिज पेस्तोल फेला परेको थियो । स्कोर्पियो भने अझै फेला परेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ साउन २०७७, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन तस्करी प्रकरणमा सुबु केसीलाई मुद्दा चलाउन सिफारिस