आजको मौसम : मनसुनी वायु सक्रिय, वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, ०८ : ३२
आजको मौसम : मनसुनी वायु सक्रिय, वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सोमबारदेखि पुन सक्रिय हुन थालेकाले वर्षा हुने सक्ने  जनाएको छ ।  मनसुनी वायुसँगै नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले गतिविधि सक्रिय भएको मौसमविदले जानकारी दिएका छन् । 

अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदकाको भनाई छ । प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने जनाइएको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बेलुकादेखि मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने आँकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस