काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १६ : ३०
काठमाडौंका ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा थप १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८ जना रहेका छन् । 

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित १३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । 

यसैगरी पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोना जितेको छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हजार १२८ पुगेको छ ।