कोरोना अपडेट

थप १३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १६ : २४

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप  १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस