ओली पक्षले फेरि ब्यूँतायो ‘मदन भण्डारी फाउन्डेसन’

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १० : ४७
ओली पक्षले फेरि ब्यूँतायो ‘मदन भण्डारी फाउन्डेसन’

काठमाडौं । नेकपाको गत केन्द्रीय समिति बैठकमा दिवंगत नेताहरुको नाममा खोलिएका प्रतिष्ठानहरु गुटबन्दीको घर भएको भन्दै त्यस्ता प्रतिष्ठानहरुलाई पार्टीले नियन्त्रण गर्नुपर्ने धारणा राखेका थिए ।

खासगरी  प्रधानमन्त्री ओलीले विगतमा तत्कालिन एमालेमा नेतृत्वमा नरहँदा र माधव नेपालका विरुद्दको अभियान चलाउने क्रममा मदन भण्डारी फाउन्डेसनको नाममा गतिविधि गर्दैै आएको थिए । तर जब २०७१ सालमा ओली तत्कालिन एमालेको नेतृत्वमा आए, त्यसका लागि पनि ओलीलाई त्यही मदन भण्डारी फाउन्डेसनले देशब्यापी योगदान गरेको थियो । ओली पक्षले फेरि यसलाई सक्रिय बनाउन थालेको छ । 

पार्टीभित्र जब आफु अप्ठयारोमा पर्छन्, त्यही बेला ओली पक्षका नेताहरुले यही फाउन्डेसनका नाममा गतिविधि गर्दै आईरहेका थिए । अहिले फेरी ओली पक्षका नेताहरुले त्यही फाउन्डेसन ब्यूँताउन थालेका छन् । यसको प्रकट रुप ओली पक्षका नेता गोकुल बाँस्कोटा रहेको जिल्ला काभ्रेबाट शुरुआत भएको छ । काभ्रेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रमुख अतिथी बनाएर कार्यक्रम गरेको मात्र छैन, कमिटि फर्मेसन पनि शुरु गरेको छ ।

तत्कालिन एमाले र माओवादी बीचको एकताका क्रममा स्थगित गरिएको जनताको बहुदलीय जनवादलाई नै नारा बनाएर ओली पक्षले यो फाउन्डेसन ब्यूँताएको हो ।  जवकी नेकपाले यस सम्वन्धमा वैचारिक बहस खुला गरेको छैन् । तर ओली पक्षका नेताहरु जबजकै ब्यानरमा आफनो समुहको गुट ब्यूँताउन र विस्तार गर्नका लागि फाउन्डेसनबाट गतिविधि शुरु गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस