पहिरोमा पुरिएका बालकको खोजी कार्य जारी

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, १२ : १४
पहिरोमा पुरिएका बालकको खोजी कार्य जारी

दार्चुला । सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ । 

महाकाली नगरपालिका–२ बडालीगाउँ नजिक शुक्रबार गएकोमा नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना पुरिएका थिए ।

घरबाट सदरमुकाम खलंगा आउने क्रममा सडकमाथिबाट खसेको पहिरामा परि पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।

सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । पहिरो निकै ठूलो आएकाले कुन ठाउँमा बालक फसेको भन्ने एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस