कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै वीरगंजमा अनिश्चितकालिन निषेधाज्ञा

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, १० : ०१
कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै वीरगंजमा अनिश्चितकालिन निषेधाज्ञा

काठमाडौँ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको आशंकामा पर्साको विरगंजमा मा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । स्थानिय प्रशासनले  आज बिहानदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले सबै सरोकारवालासंग गरेको छलफलबाट निषेधाज्ञा लगाउनुपर्ने निष्कर्षमा पुगेपछि प्रशासनले आज शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । दुइ दिनको क्रममा ३ जनाको मृत्यु भएपछि वीरगंजमा कोरानोको संक्रमण समुदाय स्तरमा पुगेको हो कि भन्ने आशंका गर्न थालिएको छ । 

‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित भएको तथा मृत्यु हुनेको संख्या बढ्न थालेपछि निषेधा लागू गरिएको उनले जानकारी दिए । निषेधाज्ञा जारी भएसँगै महानगरका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेकका सबै गतिविधि गर्न रोक लागेको छ ।वीरगञ्जमा  ५७ जना संक्रमित उपचारको क्रममा छन्।

शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ। दुई दिन अघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार  पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । संक्रमित बढेसँगै महानगरपालिकाले सबै व्यक्तिको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ । ‘

प्रतिक्रिया दिनुहोस