पहिरोले गोरखाको नौलीखोला थुनिएर ताल बन्दै गएपछि फुट्ने आशंकामा स्थानिय त्रसित

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, ०९ : ४१
पहिरोले गोरखाको नौलीखोला थुनिएर ताल बन्दै गएपछि फुट्ने आशंकामा स्थानिय त्रसित

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–७ लापुमा पहिरो जाँदा  स्थानिय नौलीखोला थुनिएको छ। खोलामा शुक्रबार राति ठुलो पहिरो खसेसँगै थुनिएको हो।

खोला थुनिएपछि तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

जोखिम बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदैछ। करिव ८० घरधुरी जोखिममा रहेको बताइएको छ । पहिरो खसरे पानी जमेपछि खोला ताल जस्तै बनेको स्थानियबासीको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस