पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, १० : ५७
पर्सामा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । पर्सा जिल्लाको वीरगंजमा मा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोरोना विशेष अस्पतालका संयोजक डा.उदय नारायण सिंहले जानकारी दिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूमध्ये ४ जना भारतीय हुन् । ‘५ जना थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको हो’, उनले भने, ‘५ जना थुनुवा मध्ये ४ भारतीय नागरिक हुन् ।

उनीहरू यसै साता नेपाल प्रवेश गरेर घुसपैठ गर्न खोजेकाले पक्राउ गरेर रोग ऐन अन्तर्गत मुद्दा चलाउन लागिएको थियो, त्यहि क्रममा  पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।’ अन्य २७ जना पर्साकै रहेका छन् । डा सिंहका अनुसार अन्य संक्रमितहरूमा ९ महिने बालक देखि ६० वर्ष सम्मका  रहेका छन् । 

प्रतिक्रिया दिनुहोस