देश गम्भिर संकटमा परेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले दिए ५ बुँदे प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, ०९ : ५५
देश गम्भिर संकटमा परेको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले दिए ५ बुँदे प्रस्ताव

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गम्भिर संकटमा पर्दै गएको देशलाई जोगाउन पनि नेकपाले कदम उठाउनै पर्ने बताएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपाले अबको संकट समाधानका लागि ५ बुँदे प्रस्तावमा रहेर कदम अगाडी चाल्नुपर्ने डा. भटटराईले बताएका छन् । 

उनले त्यस्तो प्रस्ताव सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका हुन् । समाजिक सन्जाल ट्वीटरमा उनले आज बिहान लेख्दै त्यस्तो प्रस्ताव गरेका हुन् । डा. भट्टराईले अगाडी सारेको ५ बुँदे प्रस्तावमा, संसद अधिवेशन बोलाउनु पर्ने, प्रधानमन्त्री केपी ओलीलाई बिदाई गरेर ओलीका स्थानमा नेकपाले अन्य कुनै ब्यक्तिलाई प्रधानमन्त्री बनाउनु पर्ने, अपराधका संरक्षक न्यायधिसमाथी महाअभियोग लगाउनु पर्ने, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल गठन गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर अगाडी जानुपर्ने प्रस्ताव अगाडी सारेका हुन् । 

भटटाराईले पत्नी हत्याका आरोपी पूर्व डिआईजी रन्जन कोइराला अदालतको आदेशपछि छुटेका कारण अपराधीलाई संरक्षण गर्ने न्यायधिसलाई महाअभियोग लगाउनु पर्ने बताएका हुन् । सत्तारुढ दल नेकपाभित्र नै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएको र नेकपा बाहिर पनि ओलीको विकल्प खोज्न आग्रह भईरहेका बेला भटटराईले नेकपाले ओलीको बिकल्प पनि खोज्नुपर्ने धारणा राखेका हुन् ।

अपराधी संरक्षण गर्ने न्यायधिसलाई महाअभियोग र प्रधानमन्त्री ओलीको विकल्पका लागि पनि संसद बैठक बोलाउनु पर्ने भट्टराईको तर्क छ । त्यसपछि उनले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए देशमा देखिएका समस्या समाधान हुने भन्दै ५ बुँदे प्रस्ताव अगाडी सारेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस