नारायणगढ मुग्लिन सडक खण्डमा पुनः पहिरो, दुईतर्फी सडक अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, ०७ : ५७
नारायणगढ मुग्लिन सडक खण्डमा पुनः पहिरो,  दुईतर्फी सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज (शुक्रबार) बिहान पुनः पहिरो खसेको छ  ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले जानकारी दिएका छन् । सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । 

प्रतिक्रिया दिनुहोस