भरतपुर । चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए ।
प्रतिहेक्टर छ हजारका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई रु ३५ लाख ३२८ रकम हस्तान्तरण गरिएको हो । विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो । लाभान्वित समूहबाट ६६, सहकारीबाट ५४ र उद्यमीबाट ४६ किसानले अनुदान रकम प्राप्त गरेका छन् ।
केराखेती गर्ने किसानलाई प्रतिफलका आधारमा अनुदान गर्ने योजना रहेको परियोजनाका कार्यान्वयन प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले बताए । उनले किसानलाई व्यावसायिकरूपमा केराखेतीमा लाग्न आग्रह गर्दै भने–‘किसानलाई स्थापित हुने खालका कार्यक्रम परियोजनामार्फत ल्याएका छौँ ।’
सो अवसरमा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले केरा व्यवसायीले गरेको मेहनतको फलस्वरुप अनुदान रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । नगरपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अझै केराको विस्तार गर्दै जान किसानलाई आग्रह गर्दै भने–‘खेतीयोग्य जमीनको संरक्षण गर्दै कृषि उत्पादन बढाउन नगरपालिकाले ध्यान केन्द्रित गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ साउन २०७७, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान
धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी
सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो
२५ वटा स्थानीय तहमा किसान सूचीकृत
म्याग्दीमा कृषि उपज बिक्री नहुँदा किसान हैरान