सम्पुर्ण व्यवसायिक क्षेत्रहरु खुलाउन मनकामना केबुलकारको सरकारलाई ध्यानाकर्षण

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, १२ : ३३
सम्पुर्ण व्यवसायिक क्षेत्रहरु खुलाउन मनकामना केबुलकारको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । कोरोनाको प्रभाबले लकडाउन आवश्यक रहेको भन्दै गोर्खामा रहेको मनकामना मन्दिरमा संचालित मनोकामना केबुलकारले सुरक्षाका उपायहरु अम्बलम्बन गराई सम्पुर्ण व्यवसायिक क्षेत्र खुला हुनुपर्नेमा जोड दिएको छ । 


सम्पुर्ण व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै केबुलकारले यातायात, पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुलाउन पहल गर्न आग्रह गरेको हो ।  कोरोना कहरले निम्त्याएको संकट ४ महिना बित्न लाग्दा देशका नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षाका प्रक्रिया अपनाई व्यवसायिक क्षेत्र खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।

लामो समय देखि यि व्यवसायिक प्रतिष्ठानहरु बन्द हुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायी हुन पुगेकाले चलायमान बनाउन पनि अब सतर्कतापुर्वक संचालन हुनुपर्नेमा जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस