बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वार्ता सुरु

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, ११ : ४२
बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वार्ता सुरु

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको समस्यालाई निकास दिन वार्ता सुरु भएको छ । 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा केही समयअघिबाट वार्ता सुरु भएको हो । 

यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र हिजो मंगलबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।