थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो

सफल खबर संवाददाता

सोमबार, २९ असार २०७७, १६ : २५

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । जसमध्ये १० हजार २९४ जना निको भएर घर फर्किएका छन् ।