स्थायी समिति बस्नु अगाडी ओली र प्रचण्ड बिच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २६ असार २०७७, ०९ : २८
स्थायी समिति बस्नु अगाडी ओली र प्रचण्ड बिच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज बस्ने तय भएको छ । तर यो बैठक पनि बस्छ या फेरी सर्छ अझै यकिन छैन् ।

प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा माग गर्दै आएका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल सहितका नेताहरु ओलीको अडानमा लत्रिने की सामना गरेर जाने भन्नेमै नेकपा भित्रको किचलो अल्झेको अल्झै छ ।

तर, यो बेला सहमतीका अनेक प्रयास नभएका होइनन् । दोश्रो तहका नेताहरुले पनि पहलकदमी लिएर पार्टी विभाजन रोक्न र सहमतिमै आउन नेतृत्वमाथी दबाब बढाईरहेका छन् । यही बीच आज दुई अध्यक्षको छलफल हुने र त्यसैका आधारमा स्थायी समितिको बैठकका विषयमा टुंगो लगाउने बताईएको छ । 

बुधबार छलफलमा बसेपछि हिजो बिहीबार दुई अध्यक्षका बीचमा टेलिफोन सम्वाद भएयता प्रत्यक्ष संम्वाद भएको छैन् । ओलीसँग प्रचण्डको प्रत्यक्ष सम्वाद नभएपनि उनले ओली निकट नेताहरुसँग हिजो दिनभर जसो अनौपचारिक तहमा छलफल र सम्वाद गरेका थिए । 

महासचिव विष्णु पौडेल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग अलग अलग रुपमा भेटवार्ता गरेका प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाड, प्रदीप ज्ञवाली र शंकर पोखरेलसँग पनि अलग्गै भेटेर सम्वाद गरेका थिए । आजै बिहान पनि प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पनि प्रचण्डसँगको छलफल अगाडी बालुवाटारमा सुवास नेम्वाङ, इश्वर पोखरेल र शंकर पोखरेलसँग भेटवार्ता गरेका छन् ।