काठमाडौँ । नेपालबारे भ्रमपुर्ण समाचार सम्प्रेषण गरिरहेको भारतिय टेलिभिजन च्यानलहरुको प्रसारण नेपालमा बन्द गरिएको छ ।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकलाई आग्रह गर्दै आएका थिए ।
उनीहरुले नेपालको राष्ट्रियताविरुद्ध भ्रमपूर्ण समाचार प्रसारण बन्द गर्न आग्रह गरेका हुन् । डिसहोम, मेगा म्याक्स, डीएसएन, मेरो टिभीलगायतले सामूहिक रूपमा आजतक, जी न्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् ।
डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ ।
भारतीय टिभी च्यानलहरूले नेपालको अद्यावधिक नक्सा प्रकाशनलगायत आन्तरिक राजनीतिक तथा कूटनीतिक मर्यादाविपरीतका विषयमा तराई मधेसका नेता समेतको नाम जोडेर भ्रमपूर्ण समाचार प्रसारण गरिरहेका छन् । भारतीय च्यानलमा नेपालविरोधी‘ सामग्रीको प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रूपमा भारतीय च्यानल गरिएको हो ।
भारतीय च्यानलहरुले प्रधानमन्त्री ओली र नेपाल स्थित चिनियाँ राजदुतलाई विभिन्न नकारात्मक टिकाटिप्पणी गर्दे समाचारहरु सम्प्रेषण गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, ०८ : ४१
लेखकबाट थप