नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, २२ असार २०७७, १४ : ३२

काठमाडौं । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । उनीहरु सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस