काठमाडौँ । ढलको पानीमा भेटिएको कोरोना भाइरस मान्छेमा सर्न नसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँको ढलमा भेटिएको कोरोना मानिसमा सर्न नसक्ने बताए । काठमाडौं उपत्यकामा ढलमा कोरोना भाइरस पाइएको छ ।
सेन्टर फर मलिकुलर डायनामिक्सले गरेको इन्भारोमेन्टल सर्भिलेन्सलमा काठमाडौं उपत्यकाका विभिन्न स्थानको ढल परीक्षण गर्दा कोरोना भाइरस भएको पत्ता लागेको थियो ।
यस विषयमा प्रवक्ता डा गौतमले यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै ढलमा भेटिएका भाइरस मानिसमा सर्न नसक्ने बताए । उनले भने, ‘अहिलेसम्म संसारमा कोरोना भाइरस मानिसबाट मानिसमा मात्र सरेको छ, अन्य ठाउँ या जनावरबाट मानिसमा सरेको पत्ता लाग्न सकेको छैन । उनले ढलको पानीमा भेटिएको कोरोनाबाट नआत्तिन पनि सचेत गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०७७, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै