नहरमा हामफालेका युवकको शव फेला

रासस

शनिबार, २० असार २०७७, १३ : ३४
नहरमा हामफालेका युवकको शव फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ । 

हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । चौधरीसँगै नहरमा हामफेकी १९ वर्षीया रेनु चौधरीको भने स्थानीय बासिन्दाले शुक्रबार जीवितै उद्धार गरेका थिए ।