काठमाडौं । सरकारले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित सोमबार राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा यो वर्ष ११ महिनामा करिब ३१ अर्ब रुपैयाँको चामल आयात भएको छ ।
कुनै बेला चामल निर्यात गर्ने नेपालमा धानको उत्पादन र उत्पादकत्व वृद्धि हुन नसक्दा बर्सेनि धान, चामल आयात बढिरहेको छ। यो वर्ष सात लाख १५ हजार क्विन्टल चामल आयात भएको भन्सार विभागले जनाएको छ।
विभागको तथ्यांकअनुसार जेठसम्म ३० अर्ब ८२ करोड ५८ लाख ७७ हजार रुपैयाँको चामल आयात भएको छ। सरकारले कृषि उत्पादन वृद्धि गर्न मल, बिउ, उपकरण र अनुदान व्यवस्था गरेर उत्पादन बढाउने बताउँदै आए पनि परिणाम देखिएको छैन। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १५ असार २०७७, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट
हुम्लामा आयो पोषणयुक्त चामल
दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर
१४ हजार क्विन्टल चामल खरिदका लागि खाद्य व्यवस्था छान्यो आपूर्तिकर्ता