काठमाडौं । रामेछाप, कञ्चनपुर र महोत्तरीमा गरी तीन जना मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका-३ डप्कास्थित सुनकोशी नदीको किनारामा सोही गाउँपालिका चिसापानी बस्ने ७२ वर्षीय मोहन बहादुर खत्री बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ स्थित अमर गोकुल सामुदायिक बनमा सोही नगरपालिका-१० बिकासबस्ती बस्ने ६० वर्षीय मान बहादुर सिंह बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका-३ रातामाटा बस्ने ४५ वर्षीय श्याम खडका पनि सोही नगरपालिका-१ गालटार जाने बाटो छेउको घारीमा बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असार २०७७, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाबहिलका मानन्धर हेटौँडाको होटेलमा मृत भेटिए
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष फेला, ७ महिनाअघि हराएका स्विडिस नागरिक भएको पुष्टि
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला