काठमाडौं । प्रतिनिधीसभाको राज्य व्यवस्था परामर्श समितिमा नागरिकता विधेयकका विषयमा निर्णायक छलफल हुदैंछ । नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक माथी संसदको राज्य व्यवस्था समितिमा झण्डै दुई वर्ष देखि अल्झिएर बसेको थियो । विधेयकमा भएको एउटै ब्यवस्था विदेशी बुहारीलाई कति वर्षमा अंगीकृत नागरिकता दिने भन्नेमा दलहरुका बीचमा विवाद बढिरहदा राज्य ब्यवस्था समितिले निर्णय लिन सकेको थिएन ।
अहिले पनि दलहरुका बीचमा सहमति भने जुटेको छैन् । सहमती जुटाउन प्रधानमन्त्री केपी ओलीले काँग्रेस नेताहरुसँग छलफल गरेका थिए । त्यस्तै नेकपाले राज्य ब्यवस्था समितिमा रहेका आफ्ना सांसदहरुसँग पनि छुटटै छलफल गरेको थियो भने हिजो मात्रै पार्टीको सचिवालय बैठकबाट नागरिकतामा अंगीकृतका विषयमा एउटा ठोस धारणा तय गरेको छ । तर नेकपाको यो धारणामा पनि प्रतिपक्षी काँग्रेस र मधेसवादी दलहरुले सहमति जनाउन सकेका छैनन् ।
नेकपाले विदेशी बुहारी (अर्थात जो नेपालीसँग विवाह गरेर आउने विदेशी महिला) लाई विवाहको ७ वर्षपछि उनले जन्म देशको नागरिकता त्यागको प्रक्रिया शुरु गरेपछि नागरिकता दिन सकिने ब्यवस्था कानुनमा गर्ने गरी ब्यवस्था मिलाउनु पर्ने निर्णय गरेको हो । नेकपाको यो निर्णयपछि अब कानुनमा सोही अनुसारको ब्यवस्था हुने पक्का पक्की छ । राज्य व्यवस्था समिति देखि संसदमा समेत नेकपाको बहुमत रहेका कारण नेकपाले जे निर्णय गर्छ, त्यही संसदबाट पारित हुने अवस्था अहिले संसदको अकंगणितले प्रष्ट पारेको छ । नेकपाले विवाहको ७ वर्षपछि मात्र विदेशी बुहारीलाई अंगीकृत नागकिरता दिन सकिने, विदेशी ज्वाईलाई नागरिकता दिने प्रस्ताव अस्वीकार गर्ने निर्णय पार्टीबाट लिएको छ ।
विपक्षी काँग्रेस र मधेसकेन्द्रित दल भने अन्तरिम संविधानअनुसार नै आफ्नो देशको नागरिकता त्यागेको कारबाही चलाए लगत्तै विदेशी बुहारीले नागरिकता पाउनुपर्ने ब्यवस्था यथावत राख्नुपर्ने बताउदै आएका छन् । तर त्यस्तो ब्यवस्था नेकपाले नमान्ने निर्णय गरेपछि अब राज्य ब्यवस्थामा यो विषय बहुमत र अल्पमतका आधारमा निर्णयमा जाने देखिएको छ । यसका लागि आजै मध्यान्ह २ बजे पछि राज्य व्यवस्था परामर्श समितिमा निर्णायक छलफल हुने भएको छ । राज्य व्यवस्था समितिमा नेकपाका १५, काँग्रेसका ६, जनता समाजवादीका ४, नेमकिपाका १ र स्वतन्त्र सांसद छक्कबहादुर लामा सदस्य छन् । स्वतन्त्र सांसद लामा नेकपाकै निर्णयमा साथ दिदै आएका छन् । यसले पनि राज्य व्यवस्थामा नेकपाकै बहुमत पुग्ने निश्चित छ ।
नेकपाले नेपालको लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गर्ने क्रममा सांसद सरिता गिरिले संसोधन प्रस्ताव राख्ने देखि राष्ट्रियताको पक्षमा आवाज उठाउनु साटो विपरित धारबाट कुरा राख्न थालेपछि नेकपा झस्किएको थियो । सांसद गिरी अंगीकृत नागरिक हुन् । उनी बिहारमा जन्मिएर नेपालमा विवाह गरेर आएकी अगीकृत नागरिक हुन् । यस्तै अवस्था भोलिका दिनमा आउन सक्ने र मुलुक फिजिकरण हुने सम्भावनालाई हेरेर नेकपाले यो खालको कानुनी व्यवस्था गर्ने गरी नागरिकतामा निर्णय लिएको हो ।
नेकपाको यो निर्णयपछि काँग्रेसले भने राज्य व्यवस्थामा अंगीकृत नागरिकताका विषयमा नोट अफ डिसेन्ट लेख्ने तयारी गरेको छ । नेकपाको निर्णयमा असहमति जनाएको काँग्रेसले समिति देखि संसदको फुल हाउससम्म अल्पमतमा रहने भएपछि निर्णय प्रक्रियामा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्न लागेको हो । नेकपाको निर्णयसँगै हिजो नै काँग्रेस पदाधिकारीको बैठक बसेको थियो । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा काँग्रेसले आफ्नो पुरानै अडान समितिमा राख्ने र मतदान भए सात वर्षे प्रावधानमा नोट अफ डिसेन्ट लेख्ने निर्णय भएको काँग्रेसका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०७७, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस
काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सेवा
अनलाइनबाट नागरिकता सिफारिस
जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ: गृहमन्त्री लेखक