– लक्ष्मीप्रसाद सापकोटा
पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।
थप तीन जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका छन् ।
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताउनुभयो । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३२ जेठ २०७७, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँबाट ७ दिनदेखि बेपत्ता भएकी चितवनकी स्नेहा पशुपतिमा फेला परिन्
दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला
काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाको शव फेला
तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला