चितवन । चितवनमा थप ७ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
यस अघि आजै २३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको थियो । यससँगै आज सोमबार चितवनमा एकैदिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो आइतबार करिव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, १८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै