दुई चिकित्सकसहित चितवनमा आज एकैदिन भेटिए २० जना कोरोना संक्रमित

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, १४ : ००
दुई चिकित्सकसहित चितवनमा आज एकैदिन भेटिए २० जना कोरोना संक्रमित

चितवन । चितवनमा आज (सोमबार)  दुई चिकित्सकसहित २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

भरतपुर कोरोना परीक्षण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । ती मध्ये चितवनको एक निजी अस्पतालमा काम गर्ने दुई जना चिकित्सक रहेका छन् । उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन ।

हिजो आइतबार  करीव ३ सय जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा कतिपय स्वाबको परीक्षण बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस