काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार दिनभर सामान्यदेखि आंशिक बदली हुनुका साथै केही स्थानमा वर्षा हुने जनाएको ।
अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएका छन् । हाल बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा सामान्य बदली रहेको छ । प्रदेश १ र कार्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भइ बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा रहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा रहावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुने छ । अरु क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?