काठमाडौं । सरकारले विदेशमा फसेका नेपालीहरुको उद्धार शुरु गरेको छ । पहिलो चरण अन्तर्गत म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् ।
म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको विमानस्थल श्रोतले जनाएको छ । म्यानमारबाट आएका २६ जनाकै कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ छ ।
म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०७७, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वदेश फिर्किए प्रहरी महानिरीक्षक कुँवर
थाइल्यान्डमा अलपत्र १३ नेपाली स्वदेश फर्किए
मालीमा तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फिर्ता
इन्टरपोलको महासभामा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर स्वदेश फर्किए
परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता
प्रहरी महानिरीक्षक कुँवर बेलायतबाट स्वदेश फिर्ता