काठमाडौंमा पाँच देशका मजदुर संगठनले गरे यस्तो निर्णय

आइतबार, १३ फागुन २०७४, १३ : ५५
काठमाडौंमा पाँच देशका मजदुर संगठनले गरे यस्तो निर्णय

काठमाडौं । एशिया प्रशान्त क्षेत्रका नेपालसहित पाँच देशका मजदुर संगठनहरुको भेलाले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई सीपमूलक तालिम दिन जोड दिने निर्णय गरेको छ ।  काठमाडौमा सम्पन्न नेपालसहित जापान, बंगलादेश, लाओस र थाइल्यान्डका मजदुर संगठनहरुको भेलाले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई सीपमूलक तालिम दिई दक्ष बनाउन जोड दिने निर्णय गरेको हो ।

तालिम र साक्षरताको माध्यामबाट अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई दक्ष बनाउन जोड दिने निर्णय गरिएको नेपाल टे«ेड युनियन कांग्रेसका उपाध्यक्ष अयोध्यप्रसाद यादवले जानकारी दिए । जापान सरकारको सहयोगमा अनौपचारिक क्षेत्रमा काम

यो कार्यक्रम नेपालको पनि चारवटा जिल्लामा सञ्चालन गरिएको छ । सरकार र रोजगादाताको परामर्शमा यो कार्यक्रम सञ्चालन हुने गरेको छ ।  भेलामा सहभागी मजदुर संगठनहरुले आफ्नो देशमा भइरहेको कामको अनुभव सुनाएका थिए । मजदुरको क्षेत्रमा काम गर्न इच्छुक श्रीलंका र भियतनामले पनि सिकाई र अनुभवसहित कार्ययोजना बनाउने प्रतिबद्धता जनाएको छ ।

कृषि, विकाश निर्माण र घरायसी काममा रहेका मजदुरलाई आनौपचारिक मजदुरको रुपमा परिभाषित गरिदै आएको छ । यस्ता क्षेत्रमा काम गर्ने मजदुरको कामको समयको सीमा नहुने ज्याला न्युन हुने, सामाजिक सुरक्षा नहुने कारणले जिविकोपार्जनमा नै समस्या छ ।

 नेपाल, लाओस, बंगलादेश र थाईल्याण्डका मजदुर संगठनले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई औपचारिक बनाउन विभिन्न सिपमूलक तालिम व्यावसाय गर्न बीउ पूँजी उपलब्ध गराई सहयोग गर्ने गरेका छन् । नेपालमा पर्सा, मोरङ, ललितपुर र भक्तपुरमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस