जनताको हरेक सुख दुःखमा संगै संगै हुनेछु : प्रचण्ड(भिडियो)

आइतबार, १३ फागुन २०७४, ११ : १५

भरतपुर : चितवन जिल्ला क्षेत्र नं ३ को जनसम्पर्क कार्यालयको आज एक कार्यक्रमका बिच उद्घघाटन गरिएको छ । भरतपुर ९ हाकिमचोकमा कार्यालयको नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिवन काटेर गर्नुभयो । अध्यक्ष प्रचण्ड यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि  सभासद हनुहुन्छ । कार्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, प्रचण्ड नभए पनि जनताहरुलाई प्रचण्ड भएको महसुश जनताले गरुन । जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने छ ।चितवन जिल्लाम कसरी काम हुन्छ भनेर ,साना देखि ठुला विकास निमार्णको काम राष्ट्र र विश्वले हेरि रहेको बताउनुभयो । अवसर र जिम्मेवारी दुबै मनन गर्दै समृद्धिको बाटो हिड्ने समय आएको धारणा राख्नुभयो । जनतासगँ जितन्व रुपमा जोडिएर काम गर्न कार्यालयका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाए पनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जनताको हरेक सुख दुःखमा सगै सगै हुदै विकास निमार्ण ,सुशासन र समृद्धिको लागि अगाडी बढने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस