धनुषा । भारतबाट नेपालीलाई भित्रिनका लागि खुला गरिएको धनुषाको जटही र खजुरी नाका शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ । भोकभोकै खान नपाएका कारण एक जनाको मृत्यु भएको एक दिन नबित्दै स्थानीय प्रशासनले सीमानाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्र नाका हुँदै नेपाल भित्रिनका लागि सरकारले सबै नाका खुला राखे पनि धनुषाको नाका बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिनुभयो । भारतबाट नेपाल भित्रिने नेपालीको चाप एकाएक बढ्न थालेपछि प्रशासनले धनुषाको दुवै नाकामा क्वारेन्टिनसहित अन्य व्यवस्थापन गरेर पुनः नाका सञ्चालनमा ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
सहायक प्रजिअ पोखेरलले सङ्घीय सरकारको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जटही र खजुरीको नाका बन्द गरेको स्पष्ट पार्नुभयो । सीमानाका बन्द भएपछि अब धनुषावासीले महोत्तरीको मुख्यनाका भिठ्ठामोड र सिरहाको माडर नाकाबाट आउन भनेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १६ जेठ २०७७, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो
पर्यटकलाई भारततर्फका सबै नाका खुला
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
सङ्खुवासभाको किमाथांकासहित १४ वटा नाका शनिबारदेखि खुल्ने
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने