देशको चौतर्फी विकासमा सहकारीको सहभागिता अनिवार्य

शनिबार, १२ फागुन २०७४, १८ : २५
देशको चौतर्फी विकासमा सहकारीको सहभागिता अनिवार्य

भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई गतिशिल बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । जिल्ला सहकारी संघ चितवनले आयोजना र चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको सहकारीको नीति निर्माण र प्रबद्र्धनमा संघ प्रदेश र स्थानिय तहको अधिकार भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सहकारी एउटा आन्दोलन हो, उहाँले भन्नुभयो ,“ यसले देशको आर्थिक ,सामाजिक र राजनितिक विकास गर्छ । सहकारी मार्फत रोजगारी अवसरहरु सृजना भई रहेको छ ।” 


समाजबाद उन्मूख राज्य व्यावस्था हामीले गन्तब्य बनाएको बताउदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “यसको गुणात्मक विकास र बिस्तार गर्दै अगाडी बढाउनु पर्नेमा जोड दिनुपर्छ । सहकारीको ब्यावस्थित र प्रभावकारी संचालन र विस्तारमा ध्यान पु¥याउनु पर्ने देखिन्छ ।” अब सहकारी छरिएर भन्दा जुटेर लाग्ने समय आएको अध्यक्ष प्रचण्डको भनाई छ ।
 चितवन देशमै पहिला सहकारी जन्माएको जिल्ला भएको भन्दै उहाँले सहकारी अभियानमा अग्रणि स्थानमा रहेको धारणा राख्नुभयो ।
अध्यक्ष प्रचण्डले संविधानको मौलिक हकसंग जोडिएको बिषय सहकारी भएकाले सहकारी नाफामूखी भन्दा सेवामुखी भए मात्र जनताले अपेक्षा पुरा हुने बताउनुभयो । सहकारीमा देखिएका विकृतिलाई समयमै हटाउन नसकिए सहकारी प्रति वितृष्णा पैदा हुने उहाँको भनाई थियो । त्यसका लागि सहकारी संचालन ऐन नियम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै चितवन क्षेत्र नंं २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सहकारी निकाय अन्तरगत सहकारी हुने ब्यवस्था कानुनले गरेकोमा सोही बमोजिम संचालन हुनुपर्ने धारणा राख्नुभयो । सहकारीहरू संगठित भएर राष्ट्रिय गौरवका आयोजनाहरूमा लगानी गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा सघं ,प्रदेशका सांसद तथा  जिल्लाका सातै स्थानिय निकायका प्रमुख उप प्रमुख ,जिल्ला स्थित सहकारी अभियान्ता एवं सहकारीकर्मी हरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस