एजेन्सी । अमेरिकाले ब्राजिल गएका विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको छ । पछिल्लो १४ दिनमा ब्राजिल पुगेकाहरु विदेशीलाई अमेरिकाले आफ्नो देश प्रवेशमा रोक लगाउने भएको हो ।
दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय कोरोना भाइरस महामारीको नयाँ ‘इपिसेन्टर’ बन्दै गएको देखिएको छ । सोही कारण संक्रमण फैलिन नदिनका लागि कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले यात्रा प्रतिबन्ध लगाएको हो ।
विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल अमेरिकापछि छ अर्थात दोस्रो स्थानमा छ । पछिल्ला दिनमा त्यहाँ संक्रमण तीव्र गतिमा फैलिरहेको छ । अहिलेसम्म ब्राजिलमा संक्रमितको संख्या ३ लाख ६३ हजार भन्दा बढी पुगेको र ज्यान गुमाउनेको संख्या २२ हजार ६ सय ६६ रहेको जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ ।
कोरोना भाइरसका नयाँ केसहरु अमेरिका नभित्रिउन् भन्नका लागि ब्राजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाउने निर्णय भएको राष्ट्रपति कार्यालयकी प्रवक्ताले बताएकी छन् । आफूहरुको उद्देश्य थप संक्रमणको स्रोत ब्राजिल नबनोस् भन्ने नै रहेको उनले उल्लेख गरेकी छन् । अमेरिका प्रवेशका लागि आवेदन दिनु पूर्व पछिल्लो दुई हप्तामा ब्राजिल गएका वा त्यहाँ रहेका गैर अमेरिकीहरुको यात्रामा प्रतिबन्ध लागेको हो । तर यो प्रतिबन्धले दुई देशबिच हुँदै आएको व्यापारमा भने कुनै असर नगर्ने बताइएको छ । यो प्रतिबन्ध मे २८ देखि लागु हुनेछ । ब्राजिलमै रहेका वा हालै त्यहाँ गएका अमेरिकीलाई भने यो नियम लागु हुने छैन ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म करिब ९८ हजार जनाको ज्यान गएको छ भने संक्रमितको संख्या १६ लाख ४१ हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ जेठ २०७७, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु
अमेरिकामा भीषण हिमआँधीपछि आपत्काल घोषणा
यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण
रुसबाट जफत सम्पत्तिबाट २० अर्ब डलर युक्रेनलाई दिँदै अमेरिका
अमेरिकाले युक्रेनलाई दियो २० अर्ब डलर सहयोग