झ्याल फोडेर भागे जनकपुरको आइसोलेसनमा रहेका कोरोना संक्रमित

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०७७, १४ : १३
झ्याल फोडेर भागे जनकपुरको आइसोलेसनमा रहेका कोरोना संक्रमित

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका छन् । अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आज आइतबार बिहान झ्याल फोडेर भागेका हुन् । 

अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक-पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए । 

संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस