‘बर्थ डे’ शुभकामना दिन चीन र भारतको प्रतिस्पर्धा !

शनिबार, १२ फागुन २०७४, ०८ : ०१
‘बर्थ डे’ शुभकामना दिन चीन र भारतको प्रतिस्पर्धा !

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिन भारतीय र चिनियाँ राजदूत बालुवाटार पुगेका छन् । 

चिनियाँ राजदूत  यु होङ र भारतीय राजदूत मन्जिभ सिंह पुरी ओलीलाई शुभकामना दिन बालुवाटार पुगेका हुन् । 

बालुवाटारमा चिनियाँ राजदूत ओलीलाई शुभकामना दिएर बाहिरिएको केहि बेरमै भारतीय राजदूत पनि ओलीलाई शुभकामना दिन पुगेका थिए ।

चिनियाँ राजदूत र भारतीय राजदूत प्रतिस्पर्धाको शैलीमा ओलीलाई शुभकामना दिन पुगेको कतिपयको टिप्पणी छ ।  

विसं २००८ फागुन ११ मा तेह्रथुममा जन्मिएका  थिए भने आजको ६७ औं जन्मदिन हो । 

प्रतिक्रिया दिनुहोस