नेपालमा मोदी नीति असफल भएपछि ढाकछोप गर्न चीनतिर दोष

भारतले नेपाल नीतिमा गल्ती ग¥यो : थिंक टंयाकहरु

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, ०९ : ०५
नेपालमा मोदी नीति असफल भएपछि ढाकछोप गर्न चीनतिर दोष

काठमाडौं  । भारतका थिंक ट्यांकहरुले नेपाल भारत सम्बन्ध बिग्रनुमा भारतको नेपाल नीतिमै कमजोरी रहेको बताएका छन् । दुई देशबीच बढेको सीमा विवाद भारतीय संस्थापनकै गलत नीतिका कारण रहेको आरोप भारतका थिंकटंयाकहरुले लगाउन थालेका छन् ।

नेपालले वर्षेदेखि भारतले अतिक्रमण गरेको आफनो भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । नेपाली पक्षले आफनो भूमी अतिक्रमण गरेर बसेको भारतीय पक्षसँग राजनीतिक र कुटनीतिक तवरबाटै समस्याको समाधानका लागि वार्ताको प्रयास गरिरहेपनि भारतले त्यसलाई नजरअन्दाज गर्दै एकतर्फी अगाडी बढेपछि नेपालले आफ्नो भूमि समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतकै गलत नीतिका कारण नेपाल भारतबीचको रोटीबेटीको सम्बन्धमा समेत अहिले दरार पैदा हुन थालेको त्यहाँका थिंक टंयाकहरुले लगाउन थालेका छन् । आफ्नो असफलता ढाकछोप गर्नका लागि अहिले उसले नेपाललाई चीनले उकासेको कुर्तक गर्दै आएको छ । आफू सत्तामा आएपछि लगातार नेपालविरोधी काम गर्दै आएका भारतीय प्रधानमन्त्री मोदीको नीतिको बचाऊ गर्दै उनका समर्थकहरुले नेपाल नीतिमा गल्तीचाहिं भएको तर सो गल्ती पहिलेकै सरकारले गरेको दाबी गर्न थालेका छन् ।

नेपालले आफनो सार्वभौम मुलुकको रक्षाका लागि आफनो भूमि समेटेर नक्सा जारी गर्ने कुरालाई भारतले चीनसँग जोडेर प्रचारबाजी गरिरहेको छ । भारतीय सेनाका पूर्व जर्नेल जीडी बक्सीले भारतीय एक टेलिभिजनसँग कुरा गर्दै नेपालमा हिन्दूराष्ट्रलाई भारत आफैंले नष्ट गरेको भन्दै भारतको नेपालनीतिको चर्को आलोचना गरे । उनले भने, –‘भारतले आफैंले गरेको गल्तीको परिणाम हो यो, कांग्रेसको जमानमा लिएको नीतिकै परिणाम मोदीको पनि उस्तै नीति रहयो । त्यसैको परिणाम हो अहिले देखिएको । हाम्रै गल्तीको सजाय भोगिरहेका छौं ।’

भारतीय थिंकटंयाकहरुले कहिले के बहाना देखाए पनि अखिर उसैको बिस्तारवादी नीतिका विषयमा भने खास बोलेको देखिदैन । भारतले आफना छिमेकी देशहरुसँग कही पनि सम्बन्ध राम्रो बनाएको छैन । दक्षिण एसियामा उसको आफनो प्रभुत्व जमाउन खोज्ने हैकमवादी सोच र नीतिका कारण छिमेकीहरुसँग उसको सम्बन्धमा दरार आईरहेको छ । पाकिस्तानसँग शत्रुतापूर्ण सम्बन्धमा रहेको भारतको अहिले नेपालसँग पनि सम्बन्धमा गहिरो खाडल परेको छ ।

नेपालले कालापानी, सुस्ता लगायतका विवादित क्षेत्रमा आपसी सम्वादबाटै समस्याको समाधान चाहेको थियो । दुई देशले गठन गरेको इपिजिको प्रतिवेदन बुझ्ने र त्यसले औल्याएका बुँदाहरुमा टेकेर समस्याको समाधान खोज्नेमा तत्परता देखाएर बसेको पनि थियो । तर भारतले नेपालको यो सदासयतालाई कहिल्यै बझुने प्रयास गरे्न । त्यसैको परिणाम आज यी दुई देश बीचको सम्बन्धमा चिसोपना देखा परेको छ ।

भारतले कालापनी क्षेत्र समेटेर गत कात्तिकमा उसको राजनीतिक नक्सा सार्वजनकि गरेको बेला देखि नै परराष्ट्र सचिव स्तरमा भएपनि, परराष्ट्रमन्त्री स्तरमा भएपनि वा प्रधानमन्त्रीकै तहमा भएपनि सम्वाद गर्न तयार रहेको भन्दै दुई दुई पटक वार्ताको मिति तोकेपनि त्यसलाई वेवास्ता गर्यो । त्यसको परिणाम अहिले सम्बन्धमा देखिएको तिक्तता हो ।  तर पनि भारतले चीन तिर दोष लगाएको आफ्नो गलत नीतिको ढाकछोप गर्न खोजेको छ ।

विगत छ बर्षदेखि सत्ताका रहेको भारतीय जनता पार्टीले नेपालविरुद्ध हेपाहा नीति लिएको र पटक पटक वार्तालाई समेत इन्कार गर्दै आएको कुरालाई नजरअन्दाज गर्दै नेपालको सद्भाव गुमाउनुमा कांग्रेस आईको पुरानो सरकार दोषी रहेको प्रचारबाजी विजेपी र यससंग सम्बन्धित थिंक ट्यांकहरुले शुरु गरेका छन् ।