प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि

सफल खबर संवाददाता

बुधबार, ०७ जेठ २०७७, १८ : ४८
प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि

विराटनगर । प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड-१९ पुष्टि भएको हो । 

प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको हो । २६ जनाकोभिड—१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किनु भएको छ । 

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्ककाअनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ ।  आरडीटीबाट ९ हजार ८ सय ३७जनाको परीक्षण भएको छ । 
 

प्रतिक्रिया दिनुहोस