चितवन । भरतपुर अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा मंगलबार बिहान मृत्यु भएका ६८ वर्षीय वृद्धको पिसिआर नतिजा नेगेटिभ आएको छ । रौतहटको परोहा नगरपालिका वडा नम्बर आठका ती वृद्धमा कोरोना संक्रमणको आशंका गरी थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि भरतपुरस्थित कोभिड प्रयोगशालामा पठाइएको थियो ।
कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । चार महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका ती वृद्धमा श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले ती बिरामी वीरगञ्जबाट रिफर भई आएकोले कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको र स्वाब परीक्षणको नतिजाबाट कोरोना संक्रमण पुष्टि नभएको बताए । क्षयरोगी ती बिरामीको फोक्सोमा पानी जमेको पाइएको डा. अधिकारीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै