काठमाडौं । आज सोमबार नेपालमा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै आज ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०७७, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै