काठमाडौं । काठमाडौंमा एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २६७ पुगेको छ भने तीमध्ये ३६ जना निको भएर घर फर्किएका छन् । हालसम्म काठमाडौंमा ९ जनामा कोरोना संक्रमित फेला परिसकेका छन् । तीमध्ये यसअघि नै ५ जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै उपत्यकाको भक्तपुरमा पनि २ जनामा कोरोना देखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, २१ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै