मधेसवादीदलका लागि ‘राष्ट्रघाती’ संविधान संशोधन नगर्न सरकारलाई मोहनविक्रमको चेतावनी

विहीबार, १० फागुन २०७४, ११ : ३५
मधेसवादीदलका लागि ‘राष्ट्रघाती’ संविधान संशोधन नगर्न सरकारलाई मोहनविक्रमको चेतावनी

काठमाडौँ । संघीय समाजवादी फोरमले सरकारमा सरकारमा सामेल हुनका लागि संविधानमा संशोधन हुनुपर्ने राखेको शर्त प्रति एमाले सकारात्मक भएको भन्ने समाचारप्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको पार्टीले जनाएको छ ।

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै फोरमलाई सरकारमा ल्याउनका लागि ओली सरकारले आफ्नो पहिलेको अडान विपरित संविधानमा संशोधन गर्ने नीति अपनाए भने त्यो जनताले उनीहरुमाथि गरेको विश्वाससित विश्वासघात र गम्भीर गल्ती हुने बताएका हुन् ।

त्यस प्रकारको कुनै पनि कदमको हाम्रो पार्टीले कडा विरोध गर्ने विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा संविधानमा संशोधन एउटा सामान्य प्रक्रिया भएको  र आवश्यकतानुसार त्यस प्रकारका कैयौं संशोधनहरु गर्दै जानुपर्ने भएपनि मधेशवादीहरुले जोड दिइरहेका संशोधनहरुको प्रकृति राष्ट्रघाती प्रकारको रहेको पार्टीले ठहर गरेको छ । ‘त्यसकारण तिनीहरुलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट र निश्चित मत छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस